काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्यमा ढिलाइ गरेको भन्दै निर्माण कम्पनीलाई दैनिक २ लाखभन्दा बढी हर्जना तिराउने प्रक्रिया सुरु गरिएको छ। तोकिएको समयमा काम सम्पन्न नगरेपछि शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले सम्झौताअनुसार हर्जना लिन थालेको हो।
प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले २०७९ फागुन १९ र २२ गते सम्झौता गरेका थिए। प्यारापिटको लागत ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइटको ४७ करोड ३७ लाख रुपैयाँ रहेको छ।
कार्यालय प्रमुख चक्रवर्ती कण्ठका अनुसार, असार ३० गतेदेखि नै निर्माण कम्पनीहरुलाई हर्जना लाग्ने जानकारी दिइसकिएको छ। "अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ," उनले स्पष्ट पारे।
कानुनअनुसार, अधिकतम २ सय दिनसम्म (आयोजनाको कुल रकमको १०%) हर्जना तिरेर काम गर्न पाइन्छ। सो अवधिमा पनि काम नसकेमा कम्पनी कालोसूचीमा पर्न सक्छ। यद्यपि कम्पनीले अबको १ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ।
हालसम्म प्यारापिटतर्फ ७७% भौतिक प्रगति र ६३% वित्तीय प्रगति देखिएको छ भने फ्लडलाइट जडानतर्फ ४५% भौतिक र २९% वित्तीय प्रगति भएको छ। ४ हजार कुर्सी जडान भइसकेको छ र ६ मध्ये ३ वटा फ्लडलाइट पोल स्थापना भइसकेका छन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच