पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँसहित महानगरको सम्मान

पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँसहित महानगरको सम्मान

अर्थ चौतारी

पलेशा गोवर्धनलाई पाँच लाख रुपैयाँसहित महानगरको सम्मान

A A- A+

काठमाडौं- काठमाडौं महानगरपालिकाले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा पारालिम्पिककी कास्य पदक विजेता पलेशा गोवर्धन बुधबार बिहान स्वदेश फर्किएकी हुन्। उनलाई राष्ट्रिय खेलकुद परिषदले सम्मानस्वरूप विमानस्थलदेखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?