काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेलेका हुन् ।खेलको सातौँ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल भइन् ।
दोस्रो हाफमा कुनै गोल गर्न नसकेपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई १० लाख र उपविजनतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच