फेरि विवादमा पूजा शर्मा, समीक्षाले भनिन्- मलाई यसरी बारम्बार प्रहार नगर

फेरि विवादमा पूजा शर्मा, समीक्षाले भनिन्- मलाई यसरी बारम्बार प्रहार नगर

अर्थ चौतारी

फेरि विवादमा पूजा शर्मा, समीक्षाले भनिन्- मलाई यसरी बारम्बार ...

A A- A+

काठमाडौं- गत ८ भदौमा एप्रोन जस्तो लुगा लगाएर चलचित्र ‘सतिदेवी’को प्रिमियरमा पुग्दा ट्रोल बनेकी नायिका पूजा शर्मा फेरि अर्को विवादमा परेकी छन् ।

अभिनयभन्दा विवादै विवादले चर्चामा आइरहने पूजाले यस पटक चर्चित गायिक समीक्षा अधिकारीसँग जोडिएको एक प्रसंगबारे गरेको टिप्पणीका कारण आलोचना खेप्नु परेको छ।

सबैभन्दा बढी विवादमा आउने नायिकाका रुपमा परिचित उनले समीक्षाको व्यक्तिगत जीवनबारे एउटा पोडकास्टमा गरेको टिप्पणीका कारण आलोचित हुनुपरेको हो ।

पूजाको उक्त अभिव्यक्तिलाई लिएर स्वयम् गायिका समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी छन् । समीक्षाले अदालतको काम पोडकास्ट सञ्चालक र कलाकारहरूले गरिरहेको भन्दै आक्रोश पोखेकी हुन् ।

‘अदालत नै पोडकाष्टहरू हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकार हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि’, उनले आफूसम्बद्ध पुरानो प्रकरणबारे भनेकी छन्, ‘सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ ।’

के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा आफूलाई मायाको तराजुमा जोखेर माफी दिन तयार भएको प्रसंग निकाल्दै समीक्षाले पूजाको व्यवहारप्रति आक्रोश पोखेकी हुन् ।

‘के सही ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र, माफी दिएर सावित गरिदिएँ’, उनले आफूसँग जोडिएको पुरानो घटना क्रमबारे अगाडि भनेकी छन्, ‘त्यसयता सबै ‘नर्मल’ चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ?’

उनले पूजाको व्यवहार र भूमिकामाथि प्रश्न उठाउँदै अरूलाई बदनाम गरेर फिल्म चलाउन खोज्नु ठीक नहुने बताएकी छन् । ‘यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ?’, उनले पूजाप्रति प्रश्न उठाएकी छन्, ‘सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो ‘तिमी मेरो बहिनी’भनेर आउनुभयो, मैले दिदी भनेँ, माने । अहिले पनि मानेकी छु। मान्छु, तर यसरी पीडा नदिनुस् ‘प्लिज’।’

के भनेकी हुन् पूजाले ?

विवादको घेराबाट माथि उठ्न सायदै पूजालाई मुस्किल होला, समीक्षाबारेको टिप्पणीले फेरि उनी विवादमा परिन् । उक्त युट्युब च्यानलले पाँच दिनअघि गरेको पोडकास्टमा पूजाले फेरि एक पटक विवादित अभिव्यक्ति दिएकी हुन् ।

एउटा युट्युब च्यानलको पोडकास्टमा अर्का कलाकार पल शाहसँगै उपस्थित उनले आफूलाई कुनै बेला टिमबाटै आउट गर्न खोजिएको बताइन् ।

….कतिसम्म भने एक्टर्सहरूको एउटा टिम नै बनाएको रहेछ, त्यसबाट मलाई आउट नै गरेका थिए, हाँस उठ्यो । भगवान् छ, सत्यको जित हुन्छ । र, मलाई केही पनि फरक पर्दैन । कानुनले नै प्रुफ गरिसकेको चिज हो । र, कानुनले बोलिसकेकपछि सकियो होइन ! यहाँ कसैले बोलिरहनु जरुरत पनि छैन । पललाई कसैले केहीमा हानिरहन, नाम ट्याग गरिरहन जरुरत पनि छैन । तपाईंको आफ्नै छोरा छ भने पनि सम्झिनुस् क्या !’

पूजा त्यतिमै रोकिन्‍नन्, उनले उचाइ लिइसकेको, फिलम्ममा राम्रो गरिरहँदा पनि पललाई झार्न, लडाउन खोजिएको बताइन् ।

‘…किनभने जहिले पनि.. सारुक (सारुक ताम्राकार) को इन्सिडेन्ट सम्झिनु न, आज सारुकको ममीले न्याय पाउन सकिएको छैन’, उनले अगाडि भनिन्, ‘स्टोरी नै फरक हो क्या ! पललाई अरुसँग नदाँजिदिनुस् क्या स्टोरीलाई बुझौँ के हो ? राइट-रङ जानेर मात्रै नाम ट्याग गरौँ ।’

पूजाले पललाई सुपरस्टारको संज्ञा दिँदै अझै जोगिएर हिँड्नुपर्ने पनि बताइन् । ‘पल अझै जोगिएर हिँड्नुपर्छ। ऊ धेरै माथि पुगिसकेको मान्छे हो’, उनले भनिन्, ‘उनलाई अझै फसाउन सक्छन्, उनी जोगिएर हिँड्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?