चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भन्छन्- भैंसीले मारेको बाघ बुढो र दुब्लो देखिन्छ

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भन्छन्- भैंसीले मारेको बाघ बुढो र दुब्लो देखिन्छ

अर्थ चौतारी

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी भन्छन्- भैंसीले मारेको बाघ ...

A A- A+

मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो । 'मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ,' उनले भने । बाघको शव परीक्षणका लागि राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?