काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले अचानक प्रधानमन्त्री पद गुमाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी देखिएको बताएका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा बोल्दै प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेमाथि आक्रमण गरेपछि जवाफमा पन्तले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री पद गएपछि यति औडाहा र छटपटी किन देखाएको ? हिजो तीनचोटी घरी यता घरी उता भनेर देशमा अस्थिरताको मानक स्थापित गर्ने को हो ?’, उनले भने, ‘प्रचण्डकै कारणले राजनीतिज्ञले नेपालमा विश्वास गुमाएका थिए । जनताले नक्कली र नक्कलेले लुगा फेरेको भन्दा छिटो प्रचण्डले गठबन्धन फेर्छन् भन्ने उक्ति नै बनेको थियो ।’
उनले प्रचण्डले कम्तीमा प्रमुख प्रतिपक्षी नेताको गरिमा जोगाउनुपर्ने बताए । ‘प्रतिपक्षी दलका अरु सांसद र नेताले सरकारको आलोचना गरिरहन्छन्, त्यो स्वभाविक हो । तर प्रचण्डले आफ्नो गरिमा जोगाउनुपर्छ’, उनले भने, ‘सरकारको आलोचना गर्न प्रमुख प्रतिपक्षी नेताले सय दिन कुर्न सक्नुपर्थ्यो तर प्रचण्डमा त्यो धेर्यता पनि देखिएन ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच