खाँदबारी, भदौ १० । संखुवासभाको मकालु गाउँपालिका-५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु भएको छ ।
अरुण तेस्रो आयोजनाको बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ बर्षीय तुलसीराम थारु आईतबार साँझ माथिबाट ढुङ्गा झरेर घाईते भएका थिए ।
थारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भईसकेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच