चार डीएसपी एसपीमा बढुवा सिफारिस

चार डीएसपी एसपीमा बढुवा सिफारिस

अर्थ चौतारी

चार डीएसपी एसपीमा बढुवा सिफारिस

A A- A+

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा प्रदिपबहादुर क्षेत्री रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा नारायण रन्जितकार, अन्नतराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले एक सूचना प्रकाशन गरी जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?