सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख मियाँ

अर्थ चौतारी

सुदूरपश्चिम भाषा र संस्कृतिको खानी हो : प्रदेश प्रमुख ...

A A- A+

कैलाली  । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम भाषा र संस्कृतिको खानी रहेको बताएका छन् । राष्ट्रिय लोक संस्कृति प्रतिष्ठान नेपाल केन्द्रीय समिति सुदूरपश्चिम प्रदेश अत्तरिया कैलालीले आज आयोजना गरेको गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँले अहिले राष्ट्रिय स्तरमा पनि सुदूरपश्चिम प्रदेशका भाषा संस्कृति झल्काउने गीत सङ्गीतले राम्रो चर्चा पाइरहेको बताएका थिए । उनले प्रदेश संस्कृतिको खानी रहेको बताए ।

‘सुदूरपश्चिम  भाषा र  संस्कृतिको एउटा खानी हो। सुदूरपश्चिम अन्य क्षेत्र भन्दा धेरै महत्त्वपूर्ण रहेको छ । धेरै सांस्कृतिक पहिचान रहेको छ ’ उनले भने, ‘अहिले सुदूरपश्चिमले राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम गरेको छ । जात त्यतै हेर्दा पनि सुदूरपश्चिम प्रदेशको भाषा संस्कृति र गीतले विकास गरेको छ । ’

उनले यहाँको संस्कृति संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए ।  गौरा तीज विशेष कार्यक्रममा प्रदेश प्रमुख मियाँलाई नागरिक अभिनन्दन थियो । अध्यक्ष लिलाधर बास्कोटा, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतले प्रदेश प्रमुख मियाँलाई दोसल्ला ओढाएर र कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए

। सुदूरपश्चिम प्रदेशका पाँच जना महिलालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा तिज गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?