सिड्नी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको केही तथ्य फेलापरेको बताएका छन् । अस्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लिङदेनले यस्तो बताएका हुन् ।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा संसदीय छानबिन समितिको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिल्ने उनले उल्लेख गरे । तर, केही बदमासीको तथ्य प्राप्त भएको उनले जानकारी गराए ।
विगतमा आफूले हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा बोल्दा नकारात्मक टिप्पणी गर्ने गरिएको पनि उनले स्मरण गरे । भोलिका दिनमा जे पनि हुन सक्ने उनको भनाइ थियो ।
“लिम्बूको छोराले हिन्दुत्व र राजा मुलुकका लागि आवश्यक छ भन्दा झापामा मलाई यो बहुलायो भन्थे । तर, मेरो बाटो सही थियो र आज म एउटा राष्ट्रिय पार्टीको अध्यक्ष र सांसद छु,” उनले भने, “एक दिन कसले देखेको छ, म मुलुक हाँक्ने ठाउँमा पुग्छु कि !”
सधैँ मुलुकको उन्नति–प्रगतिको चाहना राख्ने देशबाहिर रहेका लाखौँ नेपालीको भावनालाई राष्ट्रको हितमा प्रयोग गर्न नसक्नु सबैभन्दा ठूलो कमजोरी रहेको उनले टिप्पणी गरे ।
गैरआवासीय नेपाली संघको पहलमा भएको दोहोरो नागरिकताको पक्षमा आफ्नो पार्टी सधैँ अडिग रहेको उनले बताए । तर, यो प्राप्तिपछि केही गुनासा आउन थालेको र प्राविधिक कमजोरी रहेको उनले उनले उल्लेख गरे ।
प्रवासी नेपालीको सीप र पुँजी मुलुकमा भित्र्याउन नेपालले पनि इजरायलको जस्तो नीति अपनाउनुपर्नेमा उनले जोड दिए । “संसारभर छरिएर रहेका जुइसहरू स्वतः इजरायली नागरिक हुने र लगानीका सबै बाटो खोलेका कारण आज इजरायल इजरायल बनेको छ, हामीेले त्यो गर्नु नहुने केही छ ?,” लिङदेनले प्रश्न गरे ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदासम्म एउटै अनुहार सधैँ सरकारमा रहेका कारण मुलुक बन्न नसकेको उनले ठोकुवा गरे । “नेता ठिक भयो भने मुलुक बन्ने हो । यति बेला मुलुकमा नेता ठिक छैनन्,” उनले भने, “त्यसैले परिवर्तन अहिलेको आवश्यकता हो ।”

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच