सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षको अडान यथावत

सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षको अडान यथावत

अर्थ चौतारी

सदनको अवरोध खुलाउन सत्तापक्ष र प्रतिपक्षको अडान यथावत

A A- A+

काठमाडौं। भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै छ । विपक्षी दलहरुले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका छन् । तर, पछिल्लो समय छानबिन समिति बन्ने प्रतिबद्धता आए सदनको अवरोध खुलाउन आफूहरु तयार रहेको विपक्षीहरुको सन्देश छ ।

तर, सत्तापक्षले भने गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति दुवै नबन्ने अडान राखेका छन् । आजको लागि बोलाईएको प्रतिनिधिसभा बैठक बस्नुअघि सत्तापक्ष र विपक्षीहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । त्यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । तर, अहिलेसम्म दुवै पक्षले आ–आफ्नो अडान कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?