रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक हुँदै

रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक हुँदै

अर्थ चौतारी

रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ सार्वजनिक हुँदै

A A- A+

अमीर के.सी,काठमाडौं :-चलचित्र ‘रंगी’ को नयाँ गीत ‘तिम्रै संसारमा’ भोलि (सोमबार, २० जनवरी) सार्वजनिक हुने भएको छ।

सञ्चारकर्मी तथा दर्शकहरूबीच चर्चा बटुल्दै आएको ‘रंगी’ आगामी फागुन २ (फेब्रुअरी १४) मा प्रदर्शन हुने तयारीमा छ। यसअघि सार्वजनिक टिजरले राम्रो प्रतिक्रिया पाइरहेको बेला नयाँ गीतले थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

सुरेश न्यौपानेको निर्देशनमा बनेको चलचित्र ‘रंगी’ मा अभिनेता सलोन बस्नेत, मिस नेपाल वर्ल्ड २०२० विजेता नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ। फिल्म बुबा-छोरीको सम्बन्धको संवेदनशील कथामा आधारित रहेको बताइन्छ।

गीत ‘तिम्रै संसारमा’ को पोस्टर सार्वजनिक भएसँगै दर्शकहरू गीतप्रति उत्साहित देखिएका छन्। गीत भोलि ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?