बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु : ४५ लाख प्रभावित

People wade through flooded waters in Sylhet, Bangladesh, Saturday, June 18, 2022. At least 18 people have died as floods cut a swatch across northeastern India and Bangladesh, leaving millions of homes underwater. Both countries have asked the military to help with the severe flooding, which could worsen because rains are expected to continue over the weekend. (AP Photo/Abdul Goni)

बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु : ४५ लाख प्रभावित

अर्थ चौतारी

बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु : ४५ लाख ...

A A- A+

बङ्गलादेश, ७ भदौ । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।

‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करीब एक करोड ७० लाख जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीहरूमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।

विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ ।

बङ्गलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद् मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुलेटिनमा उल्लेख भएअनुसार चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय किलोमिटर उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।

बाढीले विनाशकारी अवस्था निम्त्याएको बताउँदै उद्धारकर्मी जाहिद हुसेन भुयाले फेनीमा मानिसहरूलाई बचाउन अथक प्रयास गरिरहेको बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?