टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप

अर्थ चौतारी

टी-२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर ...

A A- A+

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।योसँगै उनी टी-२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए ।सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?