काठमाडौँ । चलचित्र ‘मनसरा’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन् ।
फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ । जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन् । त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।
शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । फिल्मका फिल्मका छायांकार पनि कार्की नै हुन् ।
फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता छन् ।
निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच