अवरुद्ध मुग्लिन–पोखरा राजमार्ग खुलाउने प्रयास

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार खसेको पहिरो बिहीबार बिहान हटाइँदै । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आ

अवरुद्ध मुग्लिन–पोखरा राजमार्ग खुलाउने प्रयास

अर्थ चौतारी

अवरुद्ध मुग्लिन–पोखरा राजमार्ग खुलाउने प्रयास

A A- A+

काठमाडौं– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवामा बुधबार साँझ पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएको छ ।व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण –इ) का सेनाले पहिरोले ढालेका रुख काट्ने काम शुरू गरेका हुन् । राजमार्ग अवरुद्ध भएपछि ठूला सवारी साधन सडकमा अलपत्र परेका छन् । साना गाडीको लागि वैकल्पिक सडक प्रयोग गरिए पनि ठूला सवारी साधन सडकमा छन् । मुग्लिन-पोखरा सडक विस्तारको क्रममा खनिएको ठाउँमा पहिरो गएपछि बुधवार साँझदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

null

मुग्लिन-पोखरा राजमार्ग विस्तारको काम चलिरहेको छ । सडक विस्तारका क्रममा खनिएको ठाउँमा पटक पटक पहिरो झर्ने गरेको छ । यता पृथ्वीराजपथअन्तर्गत काठमाडौंको नागढुंगा झरेको पहिरो हटाएपछि सडक खुलेको छ । बिहीवार बिहान धादिङको गल्छीमा पहिरोले केहीबेर पुथ्वी राजमार्ग अवरुद्ध हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?