चिनियाँ नागरिक जासुसीको आरोपमा अमेरिकामा पक्राउ

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

चिनियाँ नागरिक जासुसीको आरोपमा अमेरिकामा पक्राउ

अर्थ चौतारी

चिनियाँ नागरिक जासुसीको आरोपमा अमेरिकामा पक्राउ

A A- A+

काठमाडौं– अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध जासुसीको अभियोगमा मुद्दा दायर गरेका छन् । अमेरिकामा बस्ने ६७ वर्षीय युआनजुन ताङले चीनको गुप्तचर एजेन्सीका लागि काम गरेको आरोपसहित मुद्दा दायर गरिएको हो । ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको थियो । उनीमाथि एफबीआईविरुद्ध गलत बयान दिएको आरोप पनि लागेको छ । बुधवार जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, 'ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।' ताङमाथि ई-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाटलगातार सन्देश पठाएको आरोप छ। यसबाहेक, उनले लगातार चिनियाँ सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै आएको पनि अभियोग पत्रमा उल्लेख रहेको बीबीसीले समाचार लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?