काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकको बयान लिएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपाने र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग सोधपुछ गरेको हो ।
काठमाडौंको चाबहिलस्थित मित्रपार्कमा रहेको कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११औँ नम्बरमा छ ।
विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरूसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।
गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच