रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने

अर्थ चौतारी

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल ...

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजे सुरु हुने बताइएको छ ।

आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।

रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै २४ घण्टे स्पष्टीकरण पनि सोधिसकेको छ ।

बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान, सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधनलगायत विषयमा छलफल हुने झाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?