काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीले डा मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो । पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट पदमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच