पार्टीकै निर्देशन लागु नभएपछि खगराजले उठाए प्रचण्डमाथि प्रश्न

पार्टीकै निर्देशन लागु नभएपछि खगराजले उठाए प्रचण्डमाथि प्रश्न

अर्थ चौतारी

पार्टीकै निर्देशन लागु नभएपछि खगराजले उठाए प्रचण्डमाथि प्रश्न

A A- A+

काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई बनाउन दिएको पार्टीको निर्देशन दुई महिना पुग्न लाग्दासमेत अलपत्र परेको छ । स्थायी समिति सदस्य समेत रहेका भट्टले साउन ३० गते बसेको स्थायी समिति बैठकमा पार्टीले जारी गरेको परिपत्र  लागु नभएकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका थिए ।

जवाफमा प्रचण्डले भदौ १२ र १३ गते बस्ने प्रदेशको परामर्श समितिबाट हल गरिने बताएको भट्टले जानकारी दिए ।

‘पार्टीले पठाएको परिपत्र लागु नभएकोमा मैले स्थायी समिति बैठकमा कुरा राखेको हुँ । जवाफमा अध्यक्षले १२ र १३ गते बस्ने परामर्श समितिको बैठकमा मिलाउँला भन्नुभयो । अरू केही भएको छैन’, उनले भने । २०८० माघ १२ गते माओवादी सुदूरपश्चिम संसदीय दलका बहुमत सदस्यले भट्टलाई दलको नेताबाट हटाएका थिए । ११ सदस्यीय संसदीय दलले भट्टलाई हटाएर प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई नेता चुनेको थियो ।

भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी बिक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । तर अन्तर्विरोध चर्किँदै गएपछि प्रदेश इन्चार्ज रहेका उपमहासचिव गिरिराज पोखरेलको अग्रसरतामा जेठ ३ गते बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेताभन्दा माथि राख्ने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले असार १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षलाई बोलाएर भट्टलाई नेता बनाउन निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन लागु नभएपछि पार्टीले सर्कुलर नै जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?