सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

अर्थ चौतारी

सुनचाँदीको मूल्य बढ्यो

A A- A+

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १६ सय ३० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?