समीक्षाको जन्मदिन बन्यो विशेष, ‘बुझिनँ मैले’ ३ करोड पटक हेरियो

समीक्षाको जन्मदिन बन्यो विशेष, ‘बुझिनँ मैले’ ३ करोड पटक हेरियो

अर्थ चौतारी

समीक्षाको जन्मदिन बन्यो विशेष, ‘बुझिनँ मैले’ ३ करोड पटक ...

A A- A+

काठमाडौं । गायिका समीक्षा अधिकारीको बिहीबार परेको जन्मदिन खास रह्यो । सोही दिन फिल्म ‘बोक्सीको घर’मा समावेश उनको पछिल्लो बहुचर्चित गीत ‘बुझिनँ मैले’ले युट्युबमा तीन करोड भ्युजको आँकडा पार गर्‍यो । तीन महिनाअघि सार्वजनिक गीतलाई तीन करोडभन्दा बढी पटक हेरियो । प्रकाश सपुतको शब्दतथा संगीतमा समीक्षाको स्वर रहेको यो गीतले समीक्षालाई एकाएक चर्चामा मात्र ल्याएन, ‘बोक्सीको घर’को प्रवर्द्धनमा समेत मद्दत गर्‍यो । समीक्षाकै जन्मदिनमा गीतले उक्त उपलब्धि हासिल गरेपछि फिल्मकी निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले सबैप्रति आभार व्यक्त गरेकी छन् ।समीक्षालाई पनि जन्मदिनको शुभकामना दिंदै केकीले लेखेकी छन्, ‘यो विशेष अवसरमा यस गीतमा प्राण भरिदिनुभएकी प्रतिभाशाली प्रिय बहिनी समीक्षा अधिकारीलाई जन्मदिनको शुभकामना दिन चाहन्छौं । तपाईंको सुमधुर स्वरले ‘बुझिनँ मैले’ गीतमा नयाँ आत्मा भरेको छ । आगामी दिनहरुका लागि अझै बढी शुभकामना ।’‘हाम्रो चलचित्र बोक्सीको घरको सफलतामा महत्वपूर्ण भूमिका खेलेको यो गीतलाई तपाईंहरुले आफ्नै गीत बनाइदिनुभयो । गीत भन्दा बढी एउटा भावना ठान्दिनुभयो,’ केकीले भनेकी छन् । समीक्षाले बिहीबार १९ औं जन्मदिन मनाइरहेकी छन् । उनलाई प्रशंसकले सामाजिक सञ्जालबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?