युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ

अर्थ चौतारी

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष ...

A A- A+

दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् । बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारकालागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ । सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । वडा अध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?