संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध छ : देउवा

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध छ : देउवा

अर्थ चौतारी

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध छ : देउवा

A A- A+

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउँदै द्वन्द्व पीडितलाई न्याय दिलाउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै देउवाले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिबद्ध छ ।’ पीडितलाई न्याय दिने विषयमा प्रमुख दलहरूबीच कुनै विवाद नभएको पनि उनले स्पष्ट पारे । वर्तमान सरकार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अगाडि बढिरहेको जानकारी पनि उनले दिए ।

उनले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानबिन आयोगमा छिट्टै पदाधिकारी नियुक्त हुने विश्वास व्यक्त गरे । ‘संक्रमणकालीन न्यायका लागि यही सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरिसकेको छ । सम्भवतः अब छिटै आयोगहरूले पूर्णता पाउने छन्,’ देउवाले भने, ‘आयोगहरूले सक्षम र योग्य व्यक्ति सिफारिस गर्ने छ भन्ने विश्वास लिएको छु ।’

सर्वोच्चले गरेको फैसलाको भावनामा रहेर आयोगहरूले आफ्ना कामकारबाही अगाडि बढाउने बताउँदै उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्ने र विश्वका लागि उदाहरणीय बन्ने विश्वास समेत व्यक्त गरे ।

‘संक्रमणकालीन न्यायको विषयलाई हामी आफैंले घरभित्रै सुल्झाउन सक्यौं भने विश्वका अरू मुलुकलाई पनि मानक बन्न सक्छ,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘वृहत् शान्ति सम्झौता अनुसार संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याएपछि नेपालले विश्वमाझ दीर्घकालीन शान्तिका मोडेल स्थापित गर्ने छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?