६९ वर्षको इतिहासमा नेपालमा १०८ हवाई दुर्घटना, ९५९ जनाको मृत्यु

६९ वर्षको इतिहासमा नेपालमा १०८ हवाई दुर्घटना, ९५९ जनाको मृत्यु

अर्थ चौतारी

६९ वर्षको इतिहासमा नेपालमा १०८ हवाई दुर्घटना, ९५९ जनाको ...

A A- A+

काठमाडौं । सन् १९५५ यता नेपालमा १०७ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ  करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् ।

६६ दुर्घटनामा मानवीय क्षति, ४२ वटामा जोगियो

नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको हो । ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएको तथ्यांक छ ।

Pllane--1721824882.jpg
मल्टिइन्जिन विमान दुर्घटनामा धेरै मानवीय क्षति

सबैभन्दा धेरै मानवीय क्षति मल्टिइन्जिन विमान दुर्घटनामा भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मंगलबार भएको सौर्य एयरलाइन्सको विमानसहित नेपालमा मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् । मंगलबार मृत्यु हुने १८ सहित यी दुर्घटनामा ४६९ जनाले ज्यान गुमाएका छन् ।५१ मध्येका ३० दुर्घटनामा मानवीय क्षति भएको छ भने, २१ वटा दुर्घटनामा मानवीय क्षति हुन जोगिएको छ ।

प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट, २०२३ अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने र मानवीय क्षति हुने गरेका विमान यी नै हुन् ।

आठवटा सिंगल इन्जिन विमान दुर्घटना

सन् २९७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन् । यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ ।

Planee-1721824881.jpg
 ३९ वटा हेलिकप्टर दुर्घटना

सन् १९७९ यता नेपालमा ३९ वटा हेलिकप्टर  दुर्घटना भएका छन् । यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन् ।बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।

दशवटा विदेशी विमान दुर्घटना

नेपालमा विदेशी विमानसमेत दुर्घटना हुने गरेका छन् । नेपालमा पहिलोपटक १९५५ को अगस्ट ३० मा विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ । सिमरामा दुर्घटना भएको उक्त विमान भारतको कालिंगा एयरको थियो ।त्यसयता नेपालमा दशवटा विदेशी विमान दुर्घटनामा परेका छन् । यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन् । दशमध्ये एउटा दुर्घटनामा मात्रै मानवीय क्षति नभएको रेकर्ड छ ।

1Pllane--1721824881.jpg
सबैभन्दा ठूलो विदेशी र स्वदेशी विमान दुर्घटना

एउटै हवाई दुर्घटनामा सबैभन्दा धेरै मानिसको ज्यान जाने गरी नेपालमा विदेशी विमान दुर्घटना भएको छ ।सन् १९९२ को सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो, यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो ।आन्तरिक वा स्वदेशीतर्फ भने गत वर्ष सन् २०२३ को जनवरी १५ मा भएको यती एयरलाइन्सको विमान दुर्घटना हो । पोखरामा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?