रास्वपालाई एमालेको जवाफः उपसभामुखलाई हटाउन तयारी छैन, माओवादीले मसला बनायो

रास्वपालाई एमालेको जवाफः उपसभामुखलाई हटाउन तयारी छैन, माओवादीले मसला बनायो

अर्थ चौतारी

रास्वपालाई एमालेको जवाफः उपसभामुखलाई हटाउन तयारी छैन, माओवादीले मसला ...

A A- A+

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलले उपसभामुख इन्दिरा रानाको राजीनामा नमागेको बताएका छन् । आज (आइतबार) सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उपसभामुखविरुद्ध रास्वपा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले फायर खोलेको बताएका हुन् ।

‘सत्तारुढ घटकहरुको बैठकमा यो कुरा उठेको हो । उपसभामुख भनेको एउटा संस्था हो । यो विषय धेरै बाहिर ल्याउन पनि हामीले उपयुक्त ठानेनौं । एकाएक रास्वपाकै प्रमुख सचेतकबाट फायर खोल्ने काम भयो । एउटा जिम्मेवार राजनीतिक पार्टीको तर्फबाट उपसभामुखजस्तो संस्थाको हुर्मत लिनेगरी कुनै विषय अगाडि बढाउन खोजिएको थिएन, छैन । विशेष गरी माओवादी केन्द्रका प्रमुख सचेतदेखि सबैबाट यो उठेपछि हाम्रो तर्फबाट पनि त्यसमा प्रतिवाद गर्ने काम भयो । यो विषय सत्तापक्षले ल्याएको होईन,’– एमाले प्रमुख सचेतक बर्तौलाले भने ।

त्यस्तै, सत्तारुढ दलबीचमा उपसभामुख रानाको बारेमा कुनै निर्णय नभएको उनले बताए । यो विषय प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र रास्वपा स्वयंले उठाएको बताउँदै उनले यसलाई कसरी निरुपण गर्ने भन्ने कुरा समयक्रममा अगाडि बढ्ने बताए । आफूहरु संसद् अन्त्य गर्नेतर्फ छलफल गरिरहेको उनले बताए । संसद्को अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रय महासभामा सहभागी हुन जान लागेको बेलामा रास्वपा र प्रमुख प्रतिपक्षको तर्फबाट उपसभामुखको विषय मसला बनाइएको उनले बताए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पनि बर्तौलाले विषय त्यस्तो केही थिएन भनेर सुनाएको बताए । उनले भने, ‘उपसभामुखको विषयमा मुख्यसचेतक महेश बर्ताैलाजीले हामीले त्यस्तो केही गर्ने, त्यस्तो केही थिएन । तपाईँले अलि चाँडै नै कुरा उठाउनुभयो भन्ने खालको कुरा गर्नुभयो । तपाईँहरुको त्यस्तो केही थिएन, छैन भने मैले उहाँलाई धन्यवाद भने । फेरि पनि त्यस्तो दुरासय नहोस् भनेँ,’– रास्वपा संसदीय दलका प्रमुख सचेतक बर्तौलाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?