काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा बिपक्षी दलको विरोध हुँदा हुँदै पनि जवरजस्त सदन चलाएर संसद र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफुहरुले सदन बहिष्कार गरे ।
सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसदमा बस्नुको कुनै औचित्य नहुने उनको भनाइ छ । उनले संसदको नियमावलीको विरुद्धमा सभामुख चले संसदको कुनै महत्व नरहने धारणा राखे।
शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डले छेपारो प्रवृतिमा काम गरेको टिप्पणी गरे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच