काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले हवाई दुर्घटनाबारे सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
रास्वपाकी सांसद सोविता गौतम प्रस्तावक रहेको प्र्रस्ताव मंगलबार संसद् सचिवालयमा दर्ता भएको हो । रास्वपाले नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।
हवाइ दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको गौतमको भनाइ छ । त्यस्तो अवस्थालाई परिवर्तन गरी निकायका सम्बन्धित अधिकारीहरूलाई जिम्मेवार बनाउनुपर्ने प्रस्तावमा जनाइएको छ ।
हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर, प्रतिवेदनले औंल्याएका सुझाव कार्यान्वयन निरन्तर नहुने अवस्थाको अन्त्य गर्न छलफल गर्नुपर्ने माग प्रस्तावमा राखिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच