काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आउँदो मंसिरको तेस्रो साता गर्दा उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीचको छलफलमा उक्त प्रस्ताव राखिएको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त छ । प्रधानमन्त्री ओलीले जाडो मौसमअगावै हुने गरी निर्वाचनको मिति तय गर्नुपर्ने बताएका थिए । उनले निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको सचिवालयले जनाएको छ ।
आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच