काठमाडौं । परिवारको जग बुढापाकासँग जोडिएको हुन्छ । भनिन्छ, घरमा हजुरबा–हजुरआमा भए मात्रै परिवार पूर्ण हुन्छ । हजुरबा-हजुरआमा त्यो जरा जस्तै हुन्, जसले परिवारलाई रूख जस्तै बलियो बनाइराख्न सक्छन् ।
एउटा घरमा छोरा–बुहारी काम, सन्तानको पढाइ, खेलकुदमा व्यस्त भइरहँदा त्यही घरमा रहेका ज्येष्ठ नागरिकले भने उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ख्याल राखिरहेका हुन्छन् ।
परिवारलाई समेट्न ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण हुन्छ । संयुक्त परिवारमा हुर्किएका बालबालिकाले हजुरबा–हजुरआमाबाट उच्च संस्कार पाएका हुन्छन्, जसले उनीहरुको चरित्र निर्माणमा ठूलो भूमिका खेल्छ ।
जब परिवारमा केही अप्ठ्यारो पर्दा ज्येष्ठ नागरिकमा आफ्नो समझदारी प्रयोग गरेर परिवारलाई समस्याबाट निकाल्न सक्ने खुबी हुने मनोविज्ञ सन्देश ढकाल बताउँछन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच