कैलाली ।सुदूरपश्चिम प्रदेशको मुख्य न्याधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिक्ताको पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जानकारी दिएका छन् ।
’प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिक्ता रहेका थिए ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच