निर्वाचन आयोगमा विवरण अद्यावधिकमा ढिलाइको शंका, रास्वपाले माग्यो कानुनी स्पष्टीकरण खोज्दै प्रस्टिकरण

निर्वाचन आयोगमा विवरण अद्यावधिकमा ढिलाइको शंका, रास्वपाले माग्यो कानुनी स्पष्टीकरण खोज्दै प्रस्टिकरण

अर्थ चौतारी

निर्वाचन आयोगमा विवरण अद्यावधिकमा ढिलाइको शंका, रास्वपाले माग्यो कानुनी ...

A A- A+

काठमाडौँ। राष्ट्रिय स्वातन्त्र पार्टी(रास्वपा)ले पार्टीको विवरण निर्वाचन आयोगमा निरन्तर अद्यावधिक भइरहेको जनाएको छ ।

आइतबार रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी नेतृत्वको टोली निर्वाचन आयोग पुगेर पार्टीको हरेक बिबरण निरन्तर अद्यावधिक भइरहेको जनाएको हो ।

रास्वपाका महामन्त्री बुर्लाकोटीले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न आयोगले बिलम्व गरेको जस्तो देखिएकाले बुझ्‌न आएको बताए । उनले पार्टीले समयमा नै अद्यावधिक गर्न पार्टीको विवरण आयोगमा पठाएकाले त्यसमा ढिलाई नगर्न सुझाव दिइएको जिकिर गरे। आयोगले रास्वपाबाट प्राप्त भएको विवरणलाई अद्यावधिक गर्ने प्रक्रियामा रहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए ।

अद्यावधिकको बिषयमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा पार्टीको बिबरण अद्यावधिक गर्न आयोगले अड्काएको होकी भन्ने शंका लागेर कानून व्यवसायीलाई समेत संगै लिएर आएको बुर्लाकोटीले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?