कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

अर्थ चौतारी

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

A A- A+

प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबार त्यसमा छलफल गरी नीति तथा कार्यक्रम पास गरिएको हो । छलफल अघि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए तर ती दुवैको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ । त्यसअघि दिउँसो १ बजे संघीय संसदको बैठकमा बजेट प्रस्तुत हुने छ । सांसदहरुलाई पौने १ बजेभित्रै संसद बैठकमा आउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?