श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

अर्थ चौतारी

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाटै उम्मेदवारी

A A- A+

कोलम्बो– श्रीलंकाको सत्तारुढ दलले आगामी सेप्टेम्बर २१ मा हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि विवादास्पद राजपाक्षे परिवारका एक सदस्यलाई बुधबार अघि सारेको छ ।

श्रील्रंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीले राजधानी कोलम्बोस्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा ३८ वर्षीय नमाल राजपाक्षेलाई उम्मेदवार बनाएको हो ।

एसएलपीपीका सचिव सागरा करियावासमले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी मनोनयनबारे भने, ‘सावधानीपूर्वक विचार गरेपछि पार्टीले नमाललाई राष्ट्रपतिपदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।’

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेको कार्यकालमा नमालले खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेको थियो भने उनको कार्यबाट सन् २०१५ जनवरीमा समाप्त भएको थियो । उनका काका गोटाबय राजापाक्ष सन् २०१९ नोभेम्बरमा राष्ट्रपतिपदमा विजय भएका थियो भने सन् २०२२ मा श्रीलंकामा चरम आर्थिक संकटपछि उनलाई जनआन्दोलनको बलमा पदच्युत गरिएको थियो ।

राजपाक्षेको चुनावी मैदानमा प्रवेशले चुनावअघि सरकारमा व्यापक विभाजनलाई औपचारिकता दिएको थियो ।

एसएलपीपीका अधिकांश विधायकहरूले पार्टीले आफ्नो नयाँ सहयोगी राष्ट्रपति रानिल विक्रमासिङ्घेलाई समर्थन गरोस् भन्ने चाहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?