संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

अर्थ चौतारी

संविधानको विरोधमा तमलोपाले जनकपुरधाममा गाड्यो कालो झण्डा

A A- A+

जनकपुरधाम– महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान दिवसको विरोधमा जनकपुरधाममा कालो झण्डा गाडेको छ । वर्तमान संविधानले सबै नेपालीको अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै तमलोपाले जनकपुरधामस्थित भानु चोकमा कालो झण्डा गाडेको हो ।तमलोपाका केन्द्रीय सदस्य ईश्वर पण्डित नेतृत्वका तमलोपा कार्यकर्ताले नारावाजी गर्दै कालो झण्डा गाडेका हुन् ।

विरोधमा सहभागी मलोपा केन्द्रीय सदस्य विभा ठाकुरले मधेसी जनताको विरोधका बावजुद संविधान लादिएकाले वर्तमान संविधान अपूरो रहेको बताइन् ।

उनले सम्पूर्ण नेपालीका माग सम्बोधन नभएसम्म वर्तमान संविधानलाई यथास्थितिमा स्वीकार नगर्ने बताइन् । मधेसी जनतामाथि संविधान जबरजस्ती लादिएको भन्दै उनले अपूरो कुराको विरोध गरिरहने तमलोपाका नेतृ बिन्दु ठाकुरले बताइन् ।

तमलोपा अहिले मधेश प्रदेशमा सत्ता सहयात्री दलका रुपमा रहेको छ । यता केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई पनि तमलोपाले समर्थन गरेको छ । मधेशवादी दलहरूले पटक पटक सत्तामा गएर पनि संविधानको विरोध गर्न छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?