शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?

शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?

अर्थ चौतारी

शिशिर खनालको प्रश्न : नागरिक सुरक्षाको ग्यारेन्टी कसले गर्ने ...

A A- A+

काठमाडौँ । रास्वपाका सांसद शिशिर खनालले पशुपति क्षेत्रमा भइरहेको कथा वाचन कोटीहोम परिसरमा प्रश्न सोधेकै आधारमा पत्रकार कुटिएको घटनामा गृह प्रशासन मौन भएको भन्दै नागरिकको सुरक्षा कसले गर्ने भनेर सरकारलाई प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खनालले प्रश्न सोधेकै आधारमा पशुपति परिसरमा केही लठैतहरुले पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै वाक स्वतन्त्रता र नागरिक सुरक्षाको ग्यारेन्टी कसले लिइदिने भन्दै प्रश्न गरेका हुन् । ‘विधि मान्नु नपर्ने, नागरिकको सुरक्षा गर्न नसक्ने कस्तो कमजोर दुई तिहाइको सरकार ?’खनालको प्रश्न छ । त्यस्तै उनले दुई महिना अगाडि मन्त्रिपरिषद्ले केही राजदूतहरूलाई फिर्ता बोलाएको प्रशंग निकाल्दै गठबन्धनको प्रमुख अंशियारसहित बनेको यो सरकारले फिर्ता बोलाइसकेका एक राजदूतलाई राजदूत नियुक्त सम्बन्धी निर्देशिकाको दफा २१ को नियम विपरीत फेरि नियुक्ति गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?