काठमाडौं । बंगलादेशका सेनापतिले देशका नाममा सम्बोधन गर्ने भएका छन् । स्थानीय समयअनुसार दिउँसो तीन बजे सम्बोधन हुने बताइएको छ । बंगलादेशको अंग्रेजी भाषाको अखबार डेली स्टारका अनुसार सेनापति वाकर उज जमानले सम्बोधन गर्ने भएका छन् ।
बंगलादेशी वृत्तमा भने सेनापतिको सम्बोधनसँगै हसिनाको राजीनामाको कुरा पनि आउने बताइएको छ । यसको औपचारिक जानकारी भने सार्वजनिक भइसकेको छैन । गत जुलाई १५ बाट बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । झण्डै तीन सय जनाको मृत्यु भइसकेको आन्दोलनमा आइतबार मात्रै ९० जनाको मृत्यु भएको थियो ।
यसैबीच शेख हसिनाले सेनाको हेलिकप्टरमा शरण लिएको भनिएको एक भिडियो भाइरल भइरहेको छ । कतिपयले राजीनामा पछि हसिना सुरक्षित स्थानमा सेनाको सहयोगमा गएको र सेनापतिको सम्बोधन हुने बताइरहेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच