सरकारका राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरिरहेका छन् : पदम गिरी

सरकारका राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरिरहेका छन् : पदम गिरी

अर्थ चौतारी

सरकारका राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरिरहेका छन् : ...

A A- A+

काठमाडौँ। नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोजेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले बिकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चूनौति दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताएका हुन्। उनले प्रधानमन्त्रीसंग स्पेन गरेका सवै सदस्यहरुले स्वदेश फकिएको उल्लेख गर्दै अघिपछि बिभिन्न बिमानमार्फत गएका व्यक्तिहरुको जिम्मा सरकारले लिन नसक्ने तर्क गरे।

त्यस्तै, सांसद गिरीले वर्तमान सरकारको १ बर्षमा बिग्रिएको अर्थतन्त्रलाई सहि दिशामा ल्याउने काम भएको दावी गरे। बिगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा बृद्धि भएको, आर्थिक बृद्धिमा सुधार भएको, मुद्रा संचितीको अवस्थामा सुधार आएको उनले बताए ।

उनले आर्थिक क्षेत्रमा निकै सुधार भएपनि प्रयाप्त नभएकाले सवै मिलेर मुलुकको बिकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?