नायिका प्रियंका कार्कीले आफु कार दुर्घटनामा परेको खबर झुठो रहेको बताएकी छिन् । मंगलबार प्रियंकाको कार दुर्घटनामा परेर मृत्यु भएको भन्ने खबरको हल्ला फैल्याइएको थियो । तर उनले सामाजिक सञ्जालमार्फत आफु अतिबेला मम्मी फिल्मको सेटमा सकुसल रहेको जनाइन् ।
उनले सो खबरको खण्डन गर्दै आफु कुनैपनी दुर्घटनामा नपरेको र यस्तो भ्रामक समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेकी छन् ।
यतिबेला आफु पूर्णरुपमा सुरक्षित र मम्मी फिल्मको सुटिङमा केही दिनदेखी व्यस्त रहेको जनाउदै उनले इन्स्टाग्राममा एक स्टोरी मार्फत भनेकी छन्,‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला, चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’ को सेटमा छु ।’
पछिल्लो समय केही मिडियाहरुले बिभिन्न कलाकारलाई लिएर यस्तो हल्ला फैलाइरहेका छन् । यसअघि हास्यकलाकार रामचन्द्र अधिकारीको बिषयमा पनि यस्तै खबरको हल्ला चलेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच