बोर्डको सर्भर खुलेन, यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

बोर्डको सर्भर खुलेन, यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

अर्थ चौतारी

बोर्डको सर्भर खुलेन, यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

A A- A+

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको सर्भरमा समस्या देखिएको छ। आज कक्षा-१२ को परीक्षा नतिजा सार्वजनिक भएसँगै बोर्डको बेवसाइट चल्न सकेको छैन।उक्त समस्याले परीक्षार्थी र अभिभावकहरूले हैरानी खेपिरहेका छन्। परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत (५२.९१ प्रतिशत ) उत्तीर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा-१२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए। १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित छन्।

विद्यार्थीहरूले अहिले प्रकाशित भएको नतिजा आइभिआर, एसएमएस र युएसएसडी तथा  बेवसाइट मार्फत प्राप्त गर्न सक्ने छन्। परीक्षार्थीहरूले नेपाल टेलिकमको लेण्ड फोन, मोवाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार नतिजा थाहा पाउन सक्ने छन्।

यसरी हेर्नुहोस् नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?