कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै

sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .

कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै

अर्थ चौतारी

कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै

A A- A+

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् ।

बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जनका लागि महामन्त्रीद्वयसँग सहमति जुटाउने प्रयास गरेका हुन् ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्ताव तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावमा केन्द्रीय समितिमा मतभेद छ ।।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् ।

त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।

महामन्त्रीद्वयका प्रस्तावमा सहमति हुन नसक्दा गत साउन २३ गतेदेखि सुरु केन्द्रीय समिति बैठक २८ गतेसम्म चलेर भदौ ६ गते सम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि  भदौ ७ गते बसेको बैठमा पनि सहमति जुट्न नसके पछि भदौ १२ गते बस्नेगरी स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?