मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

अर्थ चौतारी

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

A A- A+

काठमाडौं । आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिँदैछन् । प्रदेशसभा बैठक ४ बजेका लागि आह्वान भएको छ । विश्वासको मत लिन प्रदेश सभा बैठकमा उपस्थित भएर सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री सोडारीको तयारी रहेको उनी निकट स्रोतको भनाइ छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

यसअघि एक मन्त्रीले राजीनामा दिइसकेका छन् । नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कैलाश चौधरीले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?