चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा

अर्थ चौतारी

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा

A A- A+

काठमाडौँ : चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीको पहिचान भएको छ । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले दिए ।उनका अनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत छन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकै डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?