तीन प्रदेश प्रमुख बर्खास्त, क-कसले पाए नयाँ नियुक्ति ?

तीन प्रदेश प्रमुख बर्खास्त, क-कसले पाए नयाँ नियुक्ति ?

अर्थ चौतारी

तीन प्रदेश प्रमुख बर्खास्त, क-कसले पाए नयाँ नियुक्ति ?

A A- A+

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो ।

जसअनुसार वाग्मतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको छ ।

सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् ।

यस्तै लुम्बिनी प्रदेशमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरू पनि अब हट्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?