देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- कान्तिपुर पल्टाएर हेर्नु, सबैभन्दा धेरै मेरो आलोचना गरेको छ

देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- कान्तिपुर पल्टाएर हेर्नु, सबैभन्दा धेरै मेरो आलोचना गरेको छ

अर्थ चौतारी

देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- कान्तिपुर पल्टाएर हेर्नु, सबैभन्दा धेरै ...

A A- A+

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएको खुलेको छ।प्रधानमन्त्री दाहालसँगको भेटमा प्रमुख प्रतिपक्षी कांग्रेस सभापति देउवाले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोज्नु गलत हुने बताए।
सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा कांग्रेस महामन्त्री गगन थापाले आइतबार दिउँसो प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा खुलाएका हुन्।‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला,’ देउवाले प्रधानमन्त्री दाहाललाई भनेका उद्धृत गर्दै थापाले सुनाए, ‘म लखेटिएको र गाली खाएको छु। तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताबारे पक्राउ परेका प्रसंगमा सभापति देउवाले प्रधानमन्त्रीसँग उक्त कुरा गरेका थिए।
महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको पनि बताए। अहिलेको गठबन्धन अनुदारवादी रहेको आरोप उनको थियो। ‘बोल्ने बेला आयो, हामी आज प्रदर्शन गर्दैछौं,’ उनले भने, ‘सरकार निरंकुशताउन्मुख छ।’

सहकारीमा कांग्रेसले भनेकैजस्तो संसदीय छानबिन समिति बन्ने पनि महामन्त्री थापाको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?