हिराको मूल्य घट्यो

हिराको मूल्य घट्यो

अर्थ चौतारी

हिराको मूल्य घट्यो

A A- A+

नयाँ दिल्ली । प्रयोगशालामा बनेको हिराको मूल्यमा उच्च कमी आएको छ । सन् २०२२ मा प्रयोगशालामा बनाइएको हिराको भाउ एक क्यारेटकै ३०० डलरसम्म पुगेको थियो ।

अहिले यसको भाउ घटेर ७८ डलरमा सीमित भएको छ ।  यही अवधिमा प्राकृतिक हिराको भाउ पनि २५ देखि ३० प्रतिशतसम्म घटेको बताइएको छ ।

पछिल्लो समय विश्व बजारमा सुनको भाउ बढिरहेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको मन्दी र चिनियाँहरूको खरिद प्रवृत्तिमा आएको परिवर्तनले पनि हिरा उद्योग नराम्ररी प्रभावित बनेको छ ।

पछिल्ला दुई वर्ष निकै कठिन रहेको हिरा व्यापारीहरू भनिरहेका छन् । प्राकृतिक हिराको मूल्यमा आएको कमीसँगै साना र सस्तो खालको हिराको माग पनि प्रभावित भएको छ ।

उता, प्रयोगशालामा बनाइने हिराले सस्तो खालको हिराबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । प्राकृतिक हिराको सबैभन्दा ठुलो खरिदकर्तामध्ये एक चीनको हिरा खरिदमा व्यापक कमी आएको छ ।

यी सबैले पनि हिराको मूल्य प्रभावित भइरहेको विश्लेषकहरूले बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?