काठमाडौं । एनपीएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका सैफ जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन् ।
जैबले अवार्डसँगै ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताभर उनले सुदूरपश्चिमका लागि २७५ रन र १२ विकेट लिएका थिए ।
यस्तै प्लेअर अफ द म्याचको उपाधि भने जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।
उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते। उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशमले पाए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच