धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने, ठेक्का आह्वान

धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने, ठेक्का आह्वान

अर्थ चौतारी

धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालन गर्ने, ठेक्का आह्वान

A A- A+

धनगढी । धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको हो ।बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयले १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । जारी सूचनाअनुसार उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ ।प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम, बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?