एआई च्याटबटसँग भुलेर पनि यी कुरा नगर्नुहोस्, नत्र जोखिममा पर्नुहोला

एआई च्याटबटसँग भुलेर पनि यी कुरा नगर्नुहोस्, नत्र जोखिममा पर्नुहोला

अर्थ चौतारी

एआई च्याटबटसँग भुलेर पनि यी कुरा नगर्नुहोस्, नत्र जोखिममा ...

A A- A+

काठमाडाैं । आजकल मानिसहरू आफ्नो काम सजिलो बनाउन च्याटजीपीटी, जेमिनाई, कोपाइलट जस्ता अन्य एआई च्याटबटमा भर पर्दैछन् । यी टुलले जानकारी खोज्न, समस्या समाधान गर्न तथा विभिन्न सुझाव लिन सजिलो बनाएका छन् । तर, यस्ता च्याटबटसँग कुरा गर्दा केही सावधानी अपनाउन जरुरी छ ।

विशेषगरी, व्यक्तिगत वा संवेदनशील जानकारी उल्लेख गर्दा सतर्क रहनुपर्छ । किनभने एआई च्याटबटले ती जानकारी सुरक्षित राख्छन् भन्ने कुनै ग्यारेन्टी छैन । च्याटबटले कतिपय संवेदनशील र गम्भीर प्रश्नको पनि उत्तर दिइरहेका हुन्छन् । लाग्छ, ती टुलहरूले ‘म’सँग मात्र कुरा गरिरहेका छन् । तर, गोपनीयताको नजरबाट ती कुराकानी खुलेआम हुन्छन् । यसैबीच यस सामग्रीमा च्याटबटसँग कहिल्यै पनि बाँड्न नहुने कुराबारे चर्चा गरेका छौं:

व्यक्तिगत जानकारी नबाँड्नुहोस्

एआईले तपाईंको बारेमा बुझ्ने भए पनि सकेसम्म वैयक्तिक जानकारी शेयर नगर्नुहोस् । किनकि एआई टुलका कुरा कुनै सर्भरमा स्टोर भएर बस्छन् । अर्थात् अनलाइनमा हुन्छन् । तपाईंलाई थाहा नै छ इन्टरनेटमा भएका कुनै पनि कुरा सुरक्षित अथवा गोप्य हुँदैनन् । यसका साथै कतिपय  एआई टुलको क्षमता सुधार गर्न तपाईंका कुराकानी वास्तविक मान्छेहरूले नै हेर्ने गर्छन् ।  त्यो आफैंमा अकल्पनीय हो ।

यसकारण आफ्नो नाम, ठेगाना, फोन नम्बर, ईमेल ठेगाना वा जन्ममितिजस्ता व्यक्तिगत जानकारी कहिल्यै पनि च्याटबटलाई नबताउनुहोस् । यस्ता जानकारी दुरुपयोग भई तपाईंलाई ट्र्याक गर्न वा तपाईंको निजी जीवनमा अनावश्यक हस्तक्षेप हुन सक्छ । ईमेल वा ठेगाना च्याटबटलाई बताउनुभयो भने अनावश्यक विज्ञापन, स्क्याम ईमेल वा अन्य समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ ।

आर्थिक विवरण तथा अनलाइन पासवर्ड सुरक्षित राख्नुहोस्

च्याटबटलाई आफ्नो बैंक खाता नम्बर, क्रेडिट कार्ड नम्बर वा अन्य वित्तीय विवरण कहिल्यै नबताउनुहोस् । च्याटबटसँग वित्तीय सुरक्षा व्यवस्था हुँदैन । यी जानकारी गलत व्यक्तिको हातमा परे तपाईंको धनसम्पत्तिमा ठूलो क्षति हुनसक्छ ।

त्यस्तै च्याटबटलाई कुनैपनि अनलाइन सेवा वा वेबसाइटका लागि प्रयोग गर्ने पासवर्ड कहिल्यै पनि ‍नदिनुहोस् । पासवर्ड शेयर गरे तपाईंको अकाउन्टमा यस्ता प्लेटफर्मले पहुँच पाई सजिलै सबै डेटा चोर्न सक्छन् ।

गोप्य कुराहरू भन्नु उचित होइन

एआई टुलसँग जति धेरै सूचना हुन्छ, त्यसले तपाईंको बारेमा त्यति नै धेरै जानकारी दिन्छ । यसो हुँदा तपाईंले आफ्नो बारेमा अनकेन् जानकारी दिन सक्नुहुन्छ । तर यसो गर्नु गोपनीयताको नजरबाट आफैंमा खतरनाक हो । च्याटबटले तपाईँले भनेका कुराहरू सेभ गरेर राख्छ । त्यसैले, आफूले सार्वजनिक नहोस् भनेर चाहेको कुरा च्याटबटसँग कहिल्यै शेयर नगर्नुहोस् । ​आफ्नो व्यक्तिगत, आर्थिक र संवेदनशील जानकारी आफैँसँग सुरक्षित राख्नुहोस् ।

स्वास्थ्यसम्बन्धी सल्लाह नमाग्नुहोस्

स्वास्थ्य सम्बन्धी समस्याहरूको समाधान च्याटबटसँग माग्नु जोखिमपूर्ण हुन्छ । एआई डाक्टर होइन । यसले दिने सल्लाह सही नहुन सक्छ । साथै, आफ्नो बीमासम्बन्धी जानकारी, मेडिकल रेकर्ड जस्ता स्वास्थ्य विवरण यस्ता प्लेटफर्ममा खुलाउनु हुँदैन ।

अश्लील वा अनुचित सामग्री नराख्नुहोस्/नखोज्नुहोस्

एआई च्याटबटले प्रायः अश्लील वा अनुचित सामग्री स्वतः फिल्टर गर्छन् । जानी नजानी तपाईँले यस्ता कुरा उल्लेख गर्नुभयो भने प्रतिबन्धमा पर्न सक्नुहुन्छ । अर्कोतर्फ, लुकेर जतिसुकै कुरा खोजेपनि इन्टरनेटले कहिल्यै बिर्सँदैन । भोलि यही गलत सामग्रीका कारण तपाईँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।

च्याटबटसँग कुरा गर्दा कसरी गोपनीयता सुरक्षित राख्ने ?

एआई टुलसँग गरिएको कुराकानीमा कुनै गोपनीयता नहुने कुरा त थाहा भयो । तर, गोपनीयता छैन भन्दैमा टुल नै प्रयोग नगर्ने भन्ने पनि होइन । यी कुरा ख्याल गरेर सुरक्षित रूपमा च्याटबट प्रयोग गर्न सकिन्छ:​

अकाउन्ट नखोली कुरा गर्ने

यो निकै सामान्य र प्रभावकारी तरिका हो । किनकि यसो हुँदा तपाईंका व्यक्तिगत जानकारी टुलले पर्याप्त मात्रामा सङ्कलन गर्दैन ।  अहिले धेरैजसो एआई टुल अकाउन्ट नखोलिकनै पनि चलाउन सकिन्छ ।

तपाईंले एलएमएसवाईएस च्याटबट एरेना (LMSYS chatbot arena) बाट अन्य विभिन्न एआई टुल चलाउन सक्नुहुन्छ । तर, अकाउन्ट नखोली एआई च्याटबट चलाउँदाका केही बेफाइदा पनि छन् । जस्तो कि टुलसँग गरिएका कुराकानी रेकर्ड हुँदैन । यसका साथै कतिपय फिचरहरू तपाईंले चलाउन पाउनु हुन्न ।

अकाउन्ट खोले पनि सतर्कता अपनाउने 

एआई टुलमा अकाउन्ट बनाउँदा तपाईंले गुगल, फेसबुक जस्ता थर्ड पार्टी माध्यमबाट एआई च्याटबटमा अकाउन्ट खोल्नु गोपनीयताको नजरबाट अलि राम्रो हुँदैन । किनकि यसो हुँदा तपाईंले टुल बनाउने कम्पनीसँग विभिन्न जानकारी एकै पटक शेयर गरिरहनु भएको हुन्छ । भन्नुको अर्थ 'साइन विथ' गुगल, फेसबुक विकल्प प्रयोग गरी सकेसम्म खाता नखोल्नुहोस् ।

यसको साटो धेरै विवरण नखुलाइएको जिमेलबाट अकाउन्ट खोल्न सक्नुहुन्छ । तर, तपाईंले बलियो पासवर्ड भने राख्नु ‍पर्ने हन्छ । त्यस्तै यसरी अकाउन्ट खोलेपछि तपाईंले आफ्ना पहिलेका कुराकानी डिलिट गर्नुपर्ने हुन्छ ।

उदाहरणका लागि यो फिचर ओपनएआईको च्याटजीपीटीमा उपलब्ध छ । यसका साथै यस च्याटबटमा इन्कग्निटो मोड समेत छ । जुन अलि सुरक्षित उपाय पनि हो । त्यस्तै यदि यो च्याटबटको सशुल्क भर्सन चलाउनु हुन्छ भने ‘मेमोरी’ भन्ने फिचर रहिरहँदैन । जुन गोपनीयताको हिसाबले आफैंमा राम्रो फिचर हो ।

फोन अथवा ब्राउजरबाट स्वत: डेटा शेयरिङ हुने फिचर बन्द गर्नुभयो भने च्याटबट लगातार प्रयोग भइरहँदैन । तर, फोन एप छन् भने तिनले लोकेसन, फोटो, माइक्रोफोन, क्यामेराको लगातार एक्सेस लिइरहेका हुन्छन् । के त्यस्तो एक्सेस वास्तवमै आवश्यक परिरहेको हुन्छ ? खासमा हुँदैन । त्यही भएर तपाईंले एपले लिने अनावश्यक एक्सेस बन्द गर्न सक्नुहुन्छ ।

यसका लागि आईफोनमा सेटिङ>एप>एक्सेस>अफ गर्नुहोस् । एन्ड्रोइडमा भने सेटिङ>एप्स>पर्मिसन>अलाउड क्लिक गर्नुहोस् ।  ब्राउजरमा भने तपाईंले सेटिङमार्फत पर्मिसन चेक गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?